×

NMB BANK
NIC ASIA

साउदीमा पति अलपत्र, तलब माग्दा लास पठाउने धम्कीपछि पत्नी रुँदै वैदेशिक रोजगार विभागमा

कात्तिक ११, २०७५

NTC
Premier Steels

काठमाडौं –वैदेशिक रोजगार विभागको दोस्रो तलाको बाहिरपट्टि ९ महिने छोरालाई दूध चुसाउँदै थिइन्, काभ्रेकी मैया गौतम ।

Muktinath Bank

रसिलो आँखा र उदास अनुहार लिएर उनी साउदीमा अलपत्र परेका आफ्ना पतिलाई नेपाल झिकाइदिनू भन्दै आइतबार विभागमा आएकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुन २४ गते वैदेशिक रोजगारीका लागि साउदी गएका मैयाका पति मिनप्रसाद ढुंगाना डेढ महिनादेखि साउदीमा अलपत्र छन् । 


Advertisment
Nabil box
Kumari

राम्रो कमाइ हुने भन्दै अक्सफोर्ड इन्टरनेसनल प्रा.लि नामक म्यानपावर कम्पनीमार्फत् साउदी गएका मिनप्रसादले विदेश गएको ५ महिना राम्रो काम र तलब पाए । उनलाई कम्पनीले गार्डेनमा फूड प्याकिङको काम लगाएको थियो  । तर पाँच महिनापछि उनलाई होटलमा काम लगायो ।

Vianet communication

खाने बस्ने सुविधासहित फूड प्याकिङको काम भनेर म्यानपावरलाई एक लाख बुझाएका मिनप्रसादले होटलमा भनेजस्तो तलब र सुविधा पाएनन् । 

खाना बस्ने सुविधा त परको कुरा होटलमा काम गरेको डेढ महिनासम्म पनि उनले तलब पाएनन् । काम गरेको तलब माग्दा कम्पनीले कामबाटै निकालिदिएको मिनप्रसादकी पत्नी मैयाले लोकान्तरलाई बताइन् ।

‘शुरूमा त भनेको काम र तलब नै थियो, महिनामा ५०/६० हजार हुन्छ भनेको थियो । पछि काम गरेको डेढ महिनासम्म पनि तलब दिएनन्,’ मैयाले भनिन्, ‘तलब माग्दा कामबाटै निकालिदियो । तलब माग्न आइस् भने जिउँदो नेपाल फर्कन पाउँदैनस्, लास पठाउँछौं भन्छ रे !’ मैया भक्कानिँदै रोइन् ।

पतिले फोनमा जसरी पनि नेपाल झिकाऊ भनेपछि उनी ९ महिनाको छोरा काखी च्यापेर दुई महिनाअघि म्यानपावर पुगिन् ।

म्यानपावरले मैयालाई विदेशमा अलपत्र पतिलाई तलब र सुविधा दिलाउने र काम पनि लगाइदिने आश्वासन दिए । डेढ महिनासम्म कुर्दा समेत पतिले साउदीमा काम नपाएपछि मैया एक साता अघिदेखि विभाग धाइरहेकी छन् । 

‘८ दिनदेखि यहाँ आइरहेको छु, श्रीमानलाई झिकाइदिनू भन्दा म्यानपावरले अझै पनि काम लगाइदिन्छु मात्रै भन्छ,’ मैयाले गुनासो गरिन्,‘ यहाँका कर्मचारी पनि म्यानपावरकै कुरा सुन्छन् । मुद्दा हाल्न लाग्दा कर्मचारीकै अगाडि म्यानपावरका मान्छेले मुद्दा नहाल भनेर दबाब दिन्छ ।’

मैयाका पति मिनप्रसादसँगै अन्य १८ जना नेपाली पनि तलब नपाएर अलपत्र छन् । साउदीमा अलपत्र परेका उनीहरूलाई नेपाल झिकाउन आफन्तहरू वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x