एजेन्सी: उत्तर कोरियाका नेता किम जोङ ऊनले पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई विमान मार हान्ने तोपले उडाएर मारेका छन्। झुठो रिपोर्ट दिएको भन्दै ऊनले आफ्ना पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई उडाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

दक्षिण कोरियाको राष्ट्रिय खुफिया एजेन्सीका अनुसार किमको भाइ किम जोङ नामलाई विष दिएर मारिएको भन्ने मलेसियाको रिपोर्ट गलत भएको भन्दै सुरक्षा अधिकारीलाई मारेको बताइएको छ। भाइ नामको मृत्युको जाँच थप चलि रहेको छ।
खुफिया एजेन्सीका अनुसार नामको हत्यामा उत्तर कोरियाकै हात रहेको छ। नामको १३ फेब्रेअरीमा मलेसियाको क्वालालम्पुरको एयरपोर्टमा महिलाले हत्या गरिदिएका थिए।