०१ असार २०८३, सोमबार

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशाेरीकाे मृत्यु

कात्तिक १३, २०७५
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशाेरीकाे मृत्यु
सन्दर्भ तस्वीर

गाईघाट-  उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने ढिस्कोले पुर्दा सख्त घाइते भएका छन् । घाइते चौधरीको छिमेकीले जङ्गलबाट उद्धार गरी नजिकैको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताउनुभयो । 

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तरी पहाडी क्षेत्रको जङ्गलमा भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्