
काठमाडौं – सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख महराले प्रधानमन्त्री ओलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरूले आफूलाई बताएको सभामुख महराले जानकारी दिए ।
छातीको इन्फेक्सनका कारण प्रधानमन्त्री ओलीलाई सोमवार बिहानै अस्पताल भर्ना गरिएको थियो ।