२३ जेठ २०८३, शनिबार

धनगढीमा पनि अब टोयोटाको शोरुम

कात्तिक १३, २०७५
धनगढीमा पनि अब टोयोटाको शोरुम

धनगढी – टोयोटाको ५२ वर्षदेखिको नेपालको लागि एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (यूटीएस) ले  ७ नम्बर प्रदेशस्थित धनगढीको बसन्त क्लासिक अटोमोबाइल्सलाई औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरी बिक्रेता नियुक्त गरेको छ ।

चर्चित कम्पनी टोयोटाद्वारा उत्पादित गाडी अब धनगढीमा पनि सहज रुपमा उपलब्ध हुनेछ । धनगढीमा खोलिएको नयाँ ३ एस सेवा टोयोटाको अन्तर्राष्ट्रिय गुणस्तरलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको हो । धनगढीका ग्राहकको अत्याधिक मागलाई महसुस गरी वसन्त क्लासिक अटोमोबाइल्सले टोयोटालाई धनगढीमा ल्याउने उद्देश्य बोकेर अघि बढेको थियो ।

यसअघि वसन्त क्लासिक अटोमोबाइल्सले सोही सम्बन्धी व्यापार गर्दै आइरहेको थियो । बजारको आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै वसन्त क्लासिक अटोमोबाइल्सले टोयोटा परिवारमा समावेश हुने निर्णय गरी नयाँ शोरुम खोलेको हो ।

कात्तिक १२ गते सम्पन्न भएको नयाँ शोरुमको भव्य उद्घाटनमा युटीएसका वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र वसन्त क्लासिकका भुवन भट्ट, वसन्त भट्ट र देवीदत्त भट्टद्वारा रिबन काट्ने र पानसमा बत्तिबालेर शोरुमको औपचारिक उद्घाटन गरिएको थियो । १ सय ५० भन्दा बढी ग्राहकको सहभागिता रहेको उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारीद्वारा स्वागत मन्तव्य गरिएको थियो र शोरुमबारे बोल्दै ग्राहकलाइ चाबी सुम्पिएका थिए ।

वसन्त क्लासिक अटोमोबाइल्सले प्रदेशमा अन्य प्रदेशका बिक्रेताझैं गुणस्तर एवं सहज ढंगमा सेवा दिनेमा यूटीएस विश्वस्त रहेको छ । ग्राहकलाई कुनै पनि कठिनाइ नहोस् भन्ने सोच बोकी शोरुमले विभिन्न योजना तयार गरेको र उत्कृष्ट सेवा दिने शोरुमका सञ्चालकले जनाएका छन् ।

जापानीमा ‘काइजेन’ अर्थात् ‘सदैव सुधार गर्न तत्पर’लाई ध्यानमा राखी नयाँ शोरुमले आउने दिनमा राम्रो सुविधा दिने र सबैलाई राम्रो हुने गरी सेवाप्रदान गर्नेमा यूटीएस ढुक्क छ ।

salt training

कमेन्ट गर्नुहोस्