२४ जेठ २०८३, आइतबार

मिटर जोडेको घुस माग्ने विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कात्तिक १३, २०७५
मिटर जोडेको घुस माग्ने विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– घुस सहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरणको बुढानीलकण्ठस्थित उप वितरण केन्द्रका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको इलेक्ट्रिसियन (तेस्रो तह)मा कार्यरत कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

शर्मा नयाँ मिटर जडान गर्ने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्