३१ जेठ २०८३, आइतबार

चन्द्रमाको यात्रामा जानेछन् दुई यात्रु

कात्तिक २०, २०७४
चन्द्रमाको यात्रामा जानेछन् दुई यात्रु
काठमाडौं, १७ फागुन — अमेरिकाको एक निजी कम्पनीले दुईजना यात्रुले चन्द्रमाको भ्रमणका लागि पैसा दिएको बताएको छ । स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसबारेमा जानकारी दिएका हुन् ।


सन् २०१८ को अन्त्यमा चन्द्रमा भ्रमण हुने योजना बनाइएको छ । यात्रुहरूले यसका लागि कम्पनीलाई ठूलो रकम चुक्ता गरिसकेका छन् ।

मस्क भन्छन्, ‘४५ वर्षपछि फेरि कुनै मनुष्यले चन्द्रमामा पाइला राख्नेछ ।’

यी दुई यात्रुहरूको पहिचान खोलिएको छैन । तर उनीहरूले चढ्ने स्पेसक्राफ्टको पहिलो परीक्षण भने सन् २०१७ को अन्त्यमा गरिनेछ । यही स्पेसक्राफ्टलाई मानवरहित रूपमा अन्तरिक्षमा पठाइएको छ ।

मस्कले अमेरिकी अन्तरिक्ष नियोग नासाको सहयोगविना यो सम्भव नभएको बताए ।

यात्रुहरूका बारेमा सोध्दा मस्कले उनीहरू एकअर्कालाई चिन्छन् र हलिउडका मान्छे होइनन् भन्ने मात्र टिप्पणी गरे ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्