०५ असार २०८३, शुक्रबार

देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुल्याे

कात्तिक १३, २०७५
देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुल्याे

लमही- दाङको देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुलेको छ । 

गत असोज २७ गते भालुवाङस्थित राप्ती नदीको तटबन्धमा झुण्डिएको अवस्थामा भेटिएको शवको पहिचान भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्यूठान झिमरुक गाउँपालिका–२ बादीकोट घर भई नवलपरासी, बर्दघाट नगरपालिका–१ पुनर्बासमा बस्दै आएका ४० वर्षीय शिवबहादुर रोकाको शव भएको खुलेको छ । 
मृतकका भाइ चेतबहादुरले आफ्नो दाजु भएको प्रमाण देखाएपछि शवको पहिचान भएको हो । मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्