०६ असार २०८३, शनिबार

फेरि चर्किंदै गोर्खाल्यान्ड : कहाँ होलान् विमलचाहिँ ?

कात्तिक १४, २०७५
फेरि चर्किंदै गोर्खाल्यान्ड : कहाँ होलान् विमलचाहिँ  ?

सिलगढी-पश्चिम बंगालको हिमाली जिल्ला दार्जिलिङलाई अलग प्रान्त बनाउने माग उठेको शताब्दी अघिदेखि नै हो । कुनै समय दिवंगत नेता सुवास घिसिङले ‘गोर्खाल्यान्ड’ नामकरण गरेर आन्दोलनको अगुवाइ गरेका थिए ।


दशकयता गोर्खा जनमुक्ति नामको पार्टी बनाएरै विमल गुरुङले यो आन्दोलनको नेतृत्व गरेका थिए । तर, करिब दुई वर्षयता विमल आन्दोलनको मोर्चामा त छैनन् नै, आफैं पनि बेपत्ता छन् । विमलको स्थान उनकै निकट मानिने विनय तामाङको कब्जामा छ ।


त्यसो भए विमलचाहिँ कहाँ होलान् ? बन्दी पो बनाएर राखेको छ कि ? यस्ता तमाम जिज्ञासा उब्जिएका छन् । विमलको अवस्थाबारे दार्जिलिङवासी तथा गोर्खाल्यान्डका समर्थक बेखबर छन् । दिल्लीमा छन् कि भन्ने अनुमान पनि छ । नेपालमा लुकेर बसेको हल्ला पनि फैलियो । पश्चिम बंगाल सरकारको गुप्तचर विभागले चाहिँ विमलसहितका अगुवा नेता दिल्लीमा रहेको दाबी गरेको छ ।


लामो समय पूर्णरूपमा ‘भूमिगत’ बनेका विमल गएको महिना दिनयता भने सञ्चारमाध्यमहरूमा आउन थालेका छन् । गत वर्ष प्रहरी हिरासतमा मारिएका कालिम्पोङ नगरपालिकाका पार्षद वरुण भुजेलको वार्षिकीको सन्दर्भमा गोप्य स्थानमा आयोजित श्रद्धाञ्जली सभामा उनी देखा परे । विभिन्न सञ्चारमाध्यमहरूलाई यति बेला उनले अडियो, भिडियो क्लिप तथा विज्ञप्तिहरू पठाइरहेका छन् । गुप्चतर स्रोत भन्छ, ‘विमलसहितका नेता सत्तारूढ भाजपाको संरक्षणमा छन् ।’
लामो समयदेखि भूमिगत विमल गुरुङ सञ्चारमाध्यममा आउन थालेपछि आन्दोलन चर्काउने तयारी भएकाे खबर अाजकाे कान्तिपुर दैनिकले छापेकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्