०२ असार २०८३, मंगलबार

सरकार भ्रष्टाचारमा संलग्न छ, अहिले चुनाव हुन सक्दैन: भट्टराई

कात्तिक २०, २०७४
सरकार भ्रष्टाचारमा संलग्न छ, अहिले चुनाव हुन सक्दैन: भट्टराई
काठमाडौं, १७ फागुन — नयाँ शक्ति नेपाल पार्टीले सरकार भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अहिलेको अवस्थामा स्थानीय चुनाव हुन नसक्ने बताएको छ । संविधान संशोधनमार्फत असन्तुष्ट समूहका माग पूरा गरेर तीनवटै तहको निर्वाचन एकैपटक गर्न उपयुक्त हुने उसको भनाइ छ ।

निर्वाचनका सम्बन्धमा सुझाव लिन नयाँ शक्ति पार्टीले मंगलवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारमा संलग्न सरकारले चुनाव गर्न नसक्ने आरोप लगाएका हुन् ।

‘भर्खरै प्रधानमन्त्री प्रचण्ड रुकुम गएर आउनुभएछ, म पनि त्यहाँ पुगेर आएँ, प्रचण्डले रुकुममा एक अर्ब पठाउँछु भनेर घोषणा गर्नुभएछ । यो सिधै भ्रष्टाचार हो,’ उनले भने । प्रचण्डले गृहजिल्ला चितवनमा पनि अर्बौं रुपैयाँ रकमान्तर गरेको आरोप भट्टराईले लगाए । ‘निर्वाचनका नाममा भ्रष्टाचारलाई बढावा दिन खोजेको त होइन भन्ने गम्भीर आशंका उब्जेको छ,’ उनले भने ।

‘काठमाडौं वरपर डाँडामा डोजर चलेका छन्, देशलाई बर्बाद पार्ने षड्यन्त्र भइरहेको छ ।’

नेता भट्टराईले आन्दोलनमा रहेको ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने शक्तिलाई छाडेर निर्वाचन हुन नसक्ने बताए । ‘निर्वाचन हुने परिस्थिति बनेको छैन । निर्वाचनको न्यूनतम वातावरण बनेको छैन,’ उनले भने ।

अहिले स्थानीय तह कि निकाय भन्ने समेत स्पष्ट भइनसकेको अवस्थामा चुनावमा सबै सहभागी हुने वातावरण नबनाई चुनाव गर्दा निकास नआउने उनले दाबी गरे । ‘स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन नै अस्पष्ट छ । आन्दोलनमा भएका शक्तिको सहभागिताविना हुने निर्वाचन अर्थपूर्ण हँुदैन,’ उनले भने ।

भट्टराईले पुरानो संरचनामा बनेको संसद्ले नयाँ संरचनामा बनेको चुनाव गर्न नसक्ने पनि जिकिर गर्दै भने, ‘त्यसले संघीयताको मर्मलाई सम्बोधन गर्दैन ।’

सरकारले तराई मधेशमा निर्वाचन गराउन इच्छा नदेखाएको टिप्पणी गर्दै उनले प्रश्न गरे, ‘आए आऊ नआए नआऊ भन्न खोजेको हो ?’ उनले ठूलो संख्यालाई पेलेर निर्वाचन गराउन नखोज्न आग्रह गरे ।
भट्टराईले पहिला संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने र तीनवटै तहको निर्वाचन एकैपटक गर्नु नै अहिलेको निकास हुने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्