०६ असार २०८३, शनिबार

पाकिस्तानमा विद्यार्थीहरूको यौन शोषण गर्ने प्रधानाध्यापकलाई १०५ वर्ष कारावास

कात्तिक १४, २०७५
पाकिस्तानमा विद्यार्थीहरूको यौन शोषण गर्ने प्रधानाध्यापकलाई १०५ वर्ष कारावास

काठमाडौं — पाकिस्तानमा एक निजी विद्यालयका प्रधानाध्यापकलाई स्थानीय अदालतले मंगलवार १०५ वर्षको कारावास सजाय सुनाएको छ । 

विद्यालयका बच्चाहरूको यौन उत्पीडन गरेको र विद्यालयमा राखिएका गोप्य क्यामराबाट भिडियो बनाएकोमा प्रधानाध्यापक दोषी पाइए । अताउल्लाह मारवातलाई पेशावर शहरमा पक्राउ गरिएको थियो । 

मारवातविरुद्ध एक विद्यार्थीको गुनासोपछि सन् २०१७ को जुलाई १४ मा मुद्दा दर्ता गरिएको थियो । मारवात उक्त विद्यालयका मालिक पनि हुन् । जिल्ला अदालतले पाकिस्तान अपराध संहिता अन्तर्गत उनीविरुद्ध अभियोगपत्र बनाएको हो । 

आरोपितले अघिल्लो वर्ष पक्राउ परेपछि जुडिसियल मजिस्ट्रेटसमक्ष साबिती दिँदै आफ्ना यौन गतिविधिको भिडियो बनाउनु सोख भएको बताएका थिए । भिडियोहरू उसको निजी कम्प्युटरमा स्टोर गरिएको पनि उसले स्वीकार गरेको थियो । प्रहरीले उसबाट अनेकौं मेमोरी कार्ड र यूएसबी बरामद गरेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्