०४ असार २०८३, बिहीबार

‘द ब्रेकअप’मा समावेश गरियो सुपरहिट गीत ‘आज हाम्रो भेट भाको दिन’ [भिडियोसहित]

कात्तिक १४, २०७५
‘द ब्रेकअप’मा समावेश गरियो सुपरहिट गीत ‘आज हाम्रो भेट भाको दिन’ [भिडियोसहित]

काठमाडौं। चलचित्र ‘द ब्रेकअप’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरिएको छ ।

पुरानो चलचित्र ‘ज्वाला’मा समावेश गीतलाई ʻद ब्रेकअपʼमा रिमेक गरिएको हो । पुरानो गीतमा वुद्धविर लामाको शब्द, शिलाबहादुर मोक्तानको संगीतमा आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए । रिमेक भर्सनमा भने विराज गौतम र मेलिना राइको स्वर छ ।

रिमेक भर्सन भिडियोमा चलचित्रका कलाकारहरु सरोज खनाल, आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ र ईच्छा कार्की फिचर्ड छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । 
लभ स्टोरीमा जनरामा आधारित चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुन । चलचित्रमा कथा पनि उनकै छ । पुस २७ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्