
काठमाडौं — अफगानिस्तानको राजधानी काबुलमा रहेको देशको सबभन्दा ठूलो कारागारबाहिर बुधवार भएको आत्मघाती आक्रमणमा परेर सातजनाको मृत्यु भएको छ ।
मर्ने व्यक्तिहरूमा सुरक्षाकर्मी र जेलकर्मी छन् ।
गृह मन्त्रालयका प्रवक्ता नजीब दानिशले बुधवार सबेरै आक्रमणकारीले जेलमा काम गर्ने कर्मचारीहरू रहेको बसमा आक्रमण गरेका हुन् ।
पुल–ए–चरखी जेलमा सयौं कैदीहरू छन् । तीमध्ये धेरैजना तालिबान कैदी पनि छन् ।
जेल अधिकारी अब्दुल्ला करीमीका अनुसार, जेलको ढोकानेर आक्रमण भएको थियो । जेल प्रवेशअघि सुरक्षा जाँच गराउन मानिसको लामो लाइन लागेको बेलामा आक्रमण भएको हो । कसैले पनि आक्रमणको जिम्मा लिएको छैन ।
एजेन्सी