२५ जेठ २०८३, सोमबार

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

कात्तिक १४, २०७५
निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय धनगढी अगाडि प्रदर्शन गरिएको छ ।

बलात्कारपछि हत्या भएको ३ महिना बितेपनि हत्यारा सार्वजनिक नगरेको भन्दै पीडित परिवारसहित नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि आयोजित कोणसभामा निर्मलाका बुवा यज्ञराज पन्तले ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग । नेताको बानी सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा लगाएका थिए ।

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा छठसम्म हत्या पत्ता नलागे कडा आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्