२३ जेठ २०८३, शनिबार

ओस्कारमा आफ्नो खिल्ली उदाउनेलाई ट्रम्पले दिए यस्तो जवाफ

कात्तिक २०, २०७४
ओस्कारमा आफ्नो खिल्ली उदाउनेलाई ट्रम्पले दिए यस्तो जवाफ
काठमाडौं,१७ फागुन– ओस्कार अवार्ड समारोहमा आफ्नोे खिल्ली उदाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यसको प्रतिक्रिया दिएका छन् । उनले एक वेभसाइटलाई दिएको अन्तर्वार्तामा ओस्कारमा आफूप्रति लक्षित गर्नुभन्दा हलिउड फिल्मक्षेत्रमाथि लक्षित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिँदै ट्रम्पले भने ‘ ओस्कारका आयोजकले मनोरन्जनबाट ध्यान हटाएर राजनीतिमा ध्यान केन्द्रित गर्नेे कोशिस गरेको छ ।’ उनले यस्तो हुनु दुखद् भएको भन्दै ओस्कार समारोहमा ग्ल्यामरको कमी भएको बताए । उनले भने ‘ पहिलाको ओस्कार समारोह ग्ल्यामरले पूर्ण हुने गथ्र्यो तर यसपाली त्यस्तो हुन सकेन ।’

ओस्कारमा ट्रम्पको बारेमा के कुरा चल्यो ?
ओस्कार अवार्ड समारोहका कार्यक्रम संचालक जिम्मी किमेलले कार्यक्रम चलिरहेको बेला केही ट्वीट गरेका थिए । उनले कार्यक्रममा दौरानमा केही टिप्पणी गरेका थिए । तब मानिसहरु मेरिल स्ट्रीपको सम्मानमा एकैसाथ उभिएका थिए ।

किमेलले ट्वीट गर्दै ‘डोनाल्ड ट्रम्प यु अप ? लेखेका थिए । उनले दोस्रो ट्वीटमा मेरिल स्ट्रीप ‘हाई हाई’ भनि लेखेका थिए र उनको त्यो ट्वीट २ लाखले रिट्वीट गरिसकेका छन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्