०७ असार २०८३, आइतबार

केयूकेएलकी कर्मचारीविरुद्ध अख्तियारले मुद्दा चलायो

कात्तिक १४, २०७५
केयूकेएलकी कर्मचारीविरुद्ध अख्तियारले मुद्दा चलायो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) की कर्मचारी मायादेवी भट्टराई विरुद्ध मुद्दा दायर गरेको छ । 
 
भट्टराईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियारले उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक (प्रशासन) तह ४ करार सेवामा प्रवेश गरी सोही पदमा स्थायी नियुक्ति समेत भइ लाभ तथा सुविधा समेत लिएको देखिन आएको अख्तियारले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्