१८ असार २०८३, बिहीबार

मलेसियापछि थप चार देशसँग श्रम सम्झौता गर्ने तयारी

कात्तिक १५, २०७५
मलेसियापछि थप चार देशसँग श्रम सम्झौता गर्ने तयारी
सन्दर्भ तस्वीर

काठमाडौँ- सरकारले मलेसियासँग जस्तै अन्य देशसँग पनि सरकारीस्तरमै श्रमसम्बन्धी समझदारी (एमओयू) गर्ने तयारी गरेको जनाएको छ । 

यहीँ सोमबार मलेसियासँग श्रमिक पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क स्वास्थ्य परीक्षण र सुरक्षा जाँचलगायत बापतको खर्च सम्बन्धित रोजगारदाता कम्पनीले बेर्होने गरी श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको सरकारले थप मुलुकसँग एमओयूको तयारी गरेको जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, ओमान, मौरिसस र साउदी अरबसँग मलेसियाकोजस्तै एमओयू गर्ने तयारी गरेको हो । 

मन्त्रालयका सचिव महेश दाहालले ती देशसँग मलेसियाको जस्तैगरी सरकारीस्तरबाट एमओयू गर्नेगरी कूटनीतिक पहल शुरू गरिरहेको जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्