०१ असार २०८३, सोमबार

निर्मला पन्त हत्या प्रकरणः थप ४ जनाको डीएनए नमुना प्रयोगशालामा

कात्तिक १५, २०७५
निर्मला पन्त हत्या प्रकरणः थप ४ जनाको डीएनए नमुना प्रयोगशालामा

काठमाडौं - कञ्चनपुरकी  निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीले थप चार जनाको डीएनए नमुना लिएको छ ।

पन्त हत्याको अनुसन्धानलाई सबै पाटोबाट केलाइरहेको बताएको प्रहरीले बुधबार डीएनए परीक्षणका नमुना लिएको हो ।

संकलित नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा बुधबारै पठाइएको छ । तर, ककसको नमुना लिइयो भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं, सबै पाटोबाट थप अनुसन्धानसमेत भइरहेका छन्, लिइएका डीएनए नमुना काठमाडौं पठाएका छौं ।’

उनीहरूको नमुना महाकाली अञ्चल अस्पतालमा संकलन गरिएको थियो । यसअघि प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डीएनए परीक्षण गरेको थियो ।

तीनै जनाको रगत परीक्षण गर्नेक्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मिलेको थिएन । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्