०९ असार २०८३, मंगलबार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कात्तिक १५, २०७५
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

घोराही-  देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ । गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो । 
पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी घाइते हुनुभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्