१५ असार २०८३, सोमबार

पाँच किलाे गाँजासहित एक जना पक्राउ

कात्तिक १५, २०७५
पाँच किलाे गाँजासहित एक जना पक्राउ

काभे्रपलाञ्चोक-पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताउनुभयो । 

उहाँले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्