२८ जेठ २०८३, बिहीबार

नेपालपछि भारतले पनि लगायो पोर्नमा प्रतिबन्ध, ८२७ वेबसाइट्स बन्द

कात्तिक १५, २०७५
नेपालपछि भारतले पनि लगायो पोर्नमा प्रतिबन्ध, ८२७ वेबसाइट्स बन्द

काठमाडौं — नेपाल सरकारले अश्लील सामग्री देखाउने वेबसाइटमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुक भारतले पनि ८२७ वटा वेबसाइटमा प्रतिबन्ध लगाएको छ । 

पोर्न हेर्ने मानिस र नेट न्युट्रालिटीको पैरवीकर्ताहरूले यो प्रतिबन्धको विरोध गरिरहेका छन् । विशेषगरी वार्षिक सदस्यता लिएका वेबसाइटहरूले यसको विरोध गरेका हुन् । 

तर पोर्न साइट दिग्गजहरूले आफ्ना ग्राहकका लागि केही व्यवस्था मिलाएका छन् । पोर्नहब जस्ता ठूला वेबसाइटले अमेरिका र बेलायतपछिको तेस्रो ठूलो बजार भारतका लागि मिरर साइट बनाएको छ । यसैगरी एक वेबसाइटले
प्रयोगकर्ताहरूलाई मोबाइल एप डाउनलोड गर्ने सल्लाह दिएको छ । 

पोर्नका पारखीहरू चाहिँ चाइल्ड पोर्न, रेप पोर्न र बीडीएसएम जस्ता सामग्रीविरुद्ध कारवाही चलाउनुपर्ने बताउँछन् । राम्रो पोर्न कन्टेन्ट भएका वेबसाइटलाई चाहिँ चलाउन नहुने उनीहरूको भनाइ छ ।

प्रतिबन्धका समर्थकहरू भने पोर्न र महिलाविरुद्धको अपराधको प्रत्यक्ष साइनो देखिएकाले यो कदम सही भएको बताउँछन् । 

भारतको सर्वोच्च अदालतका एक वरिष्ठ वकिल ए सिराजुद्दीनले अनेकौं अध्ययनबाट पोर्नको लतले महिलाविरुद्ध यौन हिंसा गर्न उक्साउने देखिएको बताए । यो कदम सरकारले जनताको हितमा लिएको उनको भनाइ छ । 

उनले पनि नेट न्युट्रालिटी कानूनलाई स्वीकार गर्दै पूर्ण तटस्थता र अहस्तक्षेप सम्भव नभएको उनी बताउँछन् । सरकारले कुनै कुरामा चिन्ता प्रकट गरेमा त्यसमाथि उचित प्रतिबन्ध लगाउन सक्ने उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्