१८ असार २०८३, बिहीबार

स्वास्थ्यचौकीकाे भवन नबन्दा टहरामै उपचार

कात्तिक १५, २०७५
स्वास्थ्यचौकीकाे भवन नबन्दा टहरामै उपचार

बनेपा-काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका–६ बनखुचौरको स्वास्थ्यचौकी भवन अहिलेसम्म नबन्दा स्वास्थ्यकर्मीले टहरामा नै बसेर सेवा प्रवाह गरिरहेका छन् । 

गत २०७२ सालको भूकम्पबाट क्षति भएको भवन पुनःनिर्माणका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रसूति गृहसहितको भवन निर्माणका लागि काम गरेको दुई वर्ष बितिसक्दा समेत भवनको डिपिसी मात्रै गरेर छोडिएकोे छ । दुई वर्षसम्म पनि काम व्यवस्थित ढङ्गले नगरेपछि आफूले पटक/पटक रेडक्रससँग कुरा गर्दा पनि वास्ता नगरेको उक्त गाउँपालिका–६ का वडाध्यक्ष रमेश लुङ्गेलीले बताउनुभयो । 

“ डिपिसी गर्दा पनि इञ्जिनीयरको उपस्थिति थिएन, सिमेन्ट, गिट्टी र बालुवाको मात्रा पनि पूरा हालिएको छैन, ” लुङ्गेलीले भन्नुभयो, “यसबारे आफूले सम्बन्धित निकायमा कुरा गरिसकेको छु,।” नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौप्रधानले काम ढिला भएकामा सोधखोज गर्ने बताउनुभयो । 

सो भवन आगामी पुस १५ भित्र बनाइसक्नु पर्नेछ । भवन अभावका कारण सेवाग्राहीलाई उचित सेवा दिन नपाएको र भएको औषधिलगायतका सामग्री राख्ने ठाउँ नै नभएका कारण समस्या व्यहोर्नु परिरहेको अहेब मुन्नाप्रसाद साहले बताउनुभयो । “कार्यालयमा ओपिडी, प्रसूति र स्टार रुमको छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने हो तर कार्यालय नै टहरामा सञ्चालन गरिरहनु परेकाले निकै समस्या छ”, उहाँले भन्नुभयो ।

कोरियन रेडक्रसको रु ६५ लाखको सहयोगमा एउटा प्रसूति गृहसहितको र अर्को आवाससहितको भवन निर्माण गर्नुपर्ने योजनामा छ । 

salt training

कमेन्ट गर्नुहोस्