१५ असार २०८३, सोमबार

कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

कात्तिक १५, २०७५
कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

काठमाडौं– कतार भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार स्वदेश फर्किदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी आज बेलुका ७ः४० बजे काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कतारका अमिर शेख तमिम बीन हमाद अल थानीसँग भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो ।

राष्ट्रपति भण्डारीले कृषि तथा पशुपन्छी विकास सम्बन्धी समझदारीपत्र, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी बाहक दुवै देशका नागरिकहरूलाई प्रवेषाज्ञा छुट दिने जस्ता समझदारीपत्रमा हस्ताक्षर समेत गर्नुभएको छ । 

राष्ट्रपति भण्डारी सोमबार कतारको चारदिने राजकीय भ्रमणमा जानु भएको हो । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्