०१ असार २०८३, सोमबार

लटरी जितेर करोडपति भएका मानिस कसरी छिट्टै कंगाल हुन्छन् ?

कात्तिक १५, २०७५
लटरी जितेर करोडपति भएका मानिस कसरी छिट्टै कंगाल हुन्छन् ?

काठमाडौं — हालै अमेरिकामा एक व्यक्तिले एक अर्ब ५३ करोड ७० लाख अमेरिकी डलरको मेगा मिलियन ज्याकपट जितेका छन् । 

तर एक अनुसन्धानले पत्ता लगाएअनुसार, यी विजेता भाग्यमानी नहुने प्रबल सम्भावना छ । 

यो ज्याकपटका लागि जुलाई २५ वटा ड्र निकालिएकोमा कुनै पनि ड्रमा कोही पनि विजयी भएन । 

त्यसपछि रकम बढ्दै गयो र यो संसारको सबभन्दा धेरै पुरस्कार रकम भएको लटरी बन्यो । 

सबभन्दा ठूलो लटरीको कीर्तिमान सन् २०१६ मा बनेको छ । त्यतिखेर पावरबल गेम १.६ अर्ब डलरसम्म पुगेको थियो । 

ज्याकपट जित्ने सम्भावना एकदमै कम हुन्छ । एक अनुमान अनुसार त ३०.३ करोड मानिसमा जम्मा एकजनाले जित्छन् । 

तर ज्याकपट जति ठूलो देखिन्छ, खासमा त्यति रकम पाइँदैन । 

कुनै विजेताले पुरस्कारमा दाबी गरेमा भोलिपल्टै उसले सबै रकमको चेक पाउने भन्ने हुँदैन । 

विजेताले एक अर्ब ५३ करोड ७० लाख डलरमध्ये ८७.८ करोड डलर एकमुष्ट वा आगामी ३० वर्षमा पूरै रकम किश्ता किश्तामा लिनेमध्ये एउटा विकल्प छान्नुपर्ने हुन्छ । 

यो रकमको वार्षिक चुक्ता शुरूमा कम हुन्छ र बिस्तारै बढ्दै जान्छ । 

यो पैसाको एक ठूलो भाग करमा काटिन्छ । 

अर्थशास्त्री गिडो इम्बेन्स र ब्रुस स्याकडोर्ट अनि सांख्यिकी विशेषज्ञ डोनल्ड रुबिनले सन् २००१ मा प्रकाशन गरेको एक पेपरमा लटरी जितेका मानिसले अनावश्यक धेरै खर्च गर्ने गरेको बताए । लटरी जितेको १० वर्षपछि उनीहरूसँग
प्रत्येक डलरमा १६ सेन्ट मात्र बच्यो । 

अनुसन्धानबाट के देखिन्छ भने २०, ३० वा ४० वर्षको औसत व्यक्तिलाई विरासत वा उपहारमा कुनै रकम प्राप्त हुँदा उनीहरूले बेस्सरी खर्च गरेर वा वाहियात लगानी गरेर आधी पैसा गुमाउँछन् । 

अर्को अनुसन्धानले चाहिँ लटरी जित्दा आर्थिक रूपमा कमजोर मानिसलाई समस्याबाट बच्नका लागि सहायता प्राप्त नभएको देखाउँछ । उनीहरूको टाट पल्टाइलाई केही दिनका लागि मात्र टारिएको थियो । 

अझ अर्को अनुसन्धानले एक तिहाइ लटरी विजेता टाट पल्टिने गरेको देखाउँछ ।

एक महत्त्वपूर्ण पाठ के हो भने तपाईंले लटरी खेलेपनि नखेलेपनि अचानक ठूलो रकम पाउनुभयो भने आगामी योजना बनाउनुस् र सबै पैसा खर्च गर्ने मानवीय लालचबाट बच्नुस् । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्