काठमाडौं, १७, फागुन – तेश्रो अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको कार्यक्रममा दोहोरी कलाकारले सहभागिता जनाएका थिए ।
लोक दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा २६ दोहोरी समूहले सहभागिता जनाएका थिए । प्रतियोगीतामा सयपत्री दोहोरी साँझका रविन लामिछाने र चिनू घर्तीको समूह प्रथम भयो । त्यस्तै गामवेशी रोधी नाच घर दित्तीय, निरमाया रोधी घर तृत्तीय र सान्त्वना न्यू दरवार दोहोरी साँझका कलाकार सान्त्वना भए ।

प्रतीयोगीतमा प्रथम हुनेले १ लाख ५ हजार, दोस्रो हुनेले ७५ हजार, तृत्तीय हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार पुरस्कार जितेका छन् ।
कार्यक्रममा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति थियो । गायिका शर्मिला गुरुङ, बीमा कुमारी दुरा, शंकर बिसी, पुरुषोत्तम न्यौपाने, कुलेन्द्र बिक लगायतका दर्जनौं कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
दर्शकको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रम पूर्ण रुपमा सफल भएको आयोजकले जनाएको छ ।