
काठमाडौँ– राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्णरूपमा सुधार भएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः शुक्रबार बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको छ ।
उपचारमा संलग्न डा अरुण सायमिका अनुसार शुक्रबार बेलुकी वा शनिबार बिहानसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज सक्नेछन् ।
प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान भर्ना भइ उपचाररत छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान उपचारमा संलग्न चिकित्सकसँग बैठक बसेर डिस्चार्जबारे निर्णयमा पुग्ने जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।