काठमाडौं— महिलाको मनमुटुमा राज गर्नका लागि पुरुषले धेरै मेहनत गर्नुपर्ने हुन्छ । उनका धेरैथरी भावनाहरू उनको दिमागसँग सम्बन्धित हुनाले पनि पुरुषहरूलाई महिला बुझ्न गाह्रो परेको हो ।

महिलाको मन अलि जटिल नै हुन्छ । तर उनको दिमागको रहस्य पत्ता लागेपछि चाहिँ उनलाई बुझ्न सकिन्छ । उनको दिमाग परिवर्तन गर्नतिर लाग्नुभयो वा उनले मुखले नबोलिकनै व्यक्त गरेका अपेक्षालाई बुझ्नुभएन भने तपाईंलाई गाह्रो पर्छ ।
महिलाहरू दिनदिनै उस्तै हुँदैनन् भनी तपाईंले जान्नुपर्छ । यसो भन्नुको मतलब उनमा मानसिक समस्या छ भन्ने हैन । उनको जैविक चक्रले उनलाई पुरुषभन्दा भिन्न बनाउँछ । महिलाको हर्मोन स्तर लगातार परिवर्तन हुँदा त्यसले उनको दिमाग, शरीर अनि आफैं र संसारप्रतिको दृष्टिकोणमा प्रभाव पार्छ । उनको ऊर्जा र संवेदनशीलताको स्तर पनि यहीअनुरूप परिवर्तन हुन्छ । महिलाको व्यवहार संरचनालाई बुझेपछि मात्र तपाईंले उनका आवश्यकता र मूडमा हुने परिवर्तनहरू बुझ्न सक्नुहुन्छ ।
उनी बोल्ने हाँस्ने खालकी भएपनि वा गुपचुप बस्ने खालकी भएपनि उनले पार्टनरसँग निजी समयको अपेक्षा राख्छिन् । पार्टनरसँग बसेर मनमा लागेका कुरा निष्फिक्री बोल्न उनलाई रुचि हुन्छ । प्रेम गरेको मानिससँग विचार शेयर गर्न पाउँदा उनी खुशी हुन्छिन् ।
उनले यौनको चाहना देखाउन पनि सक्छिन् । त्यतिखेर तपाईंले कुरा बुझिदिनुपर्छ । उनको विश्वास जित्ने र उनीमाथि ठाडो टिप्पणी नगर्नेमा पनि तपाईंले होश गर्नुपर्छ ।
महिलाहरूलाई ट्वाल्ल परेको, प्रतिक्रिया नजनाएको स्थिति पटक्कै मन पर्दैन । उनले बल्लबल्ल आफूलाई तपाईंसमक्ष अभिव्यक्त गर्छिन् भने तपाईंबाट प्रतिक्रियाको पनि अपेक्षा गर्छिन् ।
तपाईंले उनको मूड खराब गरिदिनुभयो भने पनि उनले तपाईंलाई थाहा दिन्नन् । त्यसैले आफैंले जानेर मूड फ्रेश गराइदिनुहोला ।
एजेन्सीको सहयोगमा