०५ असार २०८३, शुक्रबार

कहिले पुरिएला काठमाडाैंका धराप सडकको खाल्डाखुल्डी ?

कात्तिक १६, २०७५
कहिले पुरिएला काठमाडाैंका धराप सडकको खाल्डाखुल्डी ?


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ ।

धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिए । 


१ हजार ४ सय किमि सडक मध्य सडक विभागको स्वामित्वमा ४ सय किमि ठुला सडक छन् । उनले अधिकांस मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागको रहेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्