
काठमाडौं– विभिन्न प्रदेशका मन्त्रिपरिषद् आन्तरिक तनावमा फसेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेकोछ ।
आफूलाई अभद्र व्यवहार गरेको भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारी लागेका छन् । प्रदेश ३ मा यो विवाद सतहमा आउँदै गर्दा कर्णाली प्रदेशमा पनि
सत्तापक्षबीच नै आन्तरिक विवाद छन् । समाचारमा विवाद चर्किँदै जाँदा मन्त्रीको राजीनामा नै माग भएको उल्लेख गरिएको छ ।
यस्तै प्रदेश १ मा अझै सरकार अपूर्ण, प्रदेश २ मा गठबन्धन र दलभित्रै विवाद रहेको, सदूरपश्चिममा राजधानीको विवाद रहेको छ ।