३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीको डिस्चार्ज तयारी

कात्तिक १६, २०७५
प्रधानमन्त्री ओलीको डिस्चार्ज तयारी

काठमाडौँ– छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 

ओली छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए । 

प्रधानमन्त्री ओलीको सम्भवत आजै डिस्चार्ज हुने सम्भावना रहेको अस्पताल स्राेतले जनाएकाे  छ । आज चिकित्सकहरुको बैठक बसेर डिस्चार्जबारे निर्णय लिने तयारी गरिएकाे छ । 

ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ । 
 

salt training

कमेन्ट गर्नुहोस्