न्युयोर्क,१७ फागुन– अमेरिकी टेनिसस्टार सेरेना विलियम्सले डब्लुडब्लुइ रेस्लिङ खेल्ने भएकी छिन् । अमेरिकी समाचार ‘द मर्निङ न्यूज युएसए’का अनुसार सेरेनाले रेसमेनिया–३३ मा भाग लिने जनाएको हो ।
कोसँग भिड्दैछिन् सेरेना ?
२३ ग्रायण्ड स्लाम च्याम्पियन सेरनाले २ अप्रिलमा फ्लोरिडाको रेसलिङ रिङमा अमेरिकी प्रोफेशनल रेसलर चार्लोट फ्लेयरसँग भिड्दै छिन् । चार्लोट डब्लुडब्लुइ रेस्लिङका हस्ती रिक फ्लेयरकी छोरी हुन् । चार्लोट
चार्लोटले सन २०१३ मा पहिलोपटक डब्लुडब्लुइ रेस्लिङमा भाग लिएकी थिइन् । सेरेनाको उक्त म्याच गम्भीर प्रकृतिको हुने वा प्रदर्शनका लागि मात्र हुने निश्चित भएको छैन् ।
सेरेनाको जुझारुपन देखेर उक्त रेस्लिङ गम्भीर प्रकृतिको हुने अनुमान छ ।
डब्लुडब्लुइको कस्टमाइज्ड बेल्टबाट सम्मानित सेरेना
सेरेनाले पछिल्लो महिनामा अष्ट्रेलियन ओपन जितेकी थिइन् । उनले अहिलेसम्म २३ वटा ग्रायण्ड स्लाम जितिसकेकी छिन् । डब्लुडब्लुइले उनलाई मानार्थ कस्टमाइज्ड बेल्ट प्रदान गरेको थियो । सेरेनाको प्रेमी एलेक्सिस ओहानियनले रेडिटमा बेल्टको फोटो अपलोड गरेका थिए । सेरेनाले डब्लुडब्लुइ रेस्लिङ खेलका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर ल्याएकी छैनन् । एजेन्सी