२३ जेठ २०८३, शनिबार

टेनिस सुन्दरी सेरेना विलियम्स ‘डब्लुडब्लुइ रेस्लिङ’मा भिड्दै

कात्तिक २०, २०७४
टेनिस सुन्दरी सेरेना विलियम्स ‘डब्लुडब्लुइ रेस्लिङ’मा भिड्दै
न्युयोर्क,१७ फागुन– अमेरिकी टेनिसस्टार सेरेना विलियम्सले डब्लुडब्लुइ रेस्लिङ खेल्ने भएकी छिन् । अमेरिकी समाचार ‘द मर्निङ न्यूज युएसए’का अनुसार सेरेनाले रेसमेनिया–३३ मा भाग लिने जनाएको हो ।

कोसँग भिड्दैछिन् सेरेना ?

२३ ग्रायण्ड स्लाम च्याम्पियन सेरनाले २ अप्रिलमा फ्लोरिडाको रेसलिङ रिङमा अमेरिकी प्रोफेशनल रेसलर चार्लोट फ्लेयरसँग भिड्दै छिन् । चार्लोट डब्लुडब्लुइ रेस्लिङका हस्ती रिक फ्लेयरकी छोरी हुन् ।
चार्लोट


चार्लोटले सन २०१३ मा पहिलोपटक डब्लुडब्लुइ रेस्लिङमा भाग लिएकी थिइन् । सेरेनाको उक्त म्याच गम्भीर प्रकृतिको हुने वा प्रदर्शनका लागि मात्र हुने निश्चित भएको छैन् ।

सेरेनाको जुझारुपन देखेर उक्त रेस्लिङ गम्भीर प्रकृतिको हुने अनुमान छ ।

डब्लुडब्लुइको कस्टमाइज्ड बेल्टबाट सम्मानित सेरेना

सेरेनाले पछिल्लो महिनामा अष्ट्रेलियन ओपन जितेकी थिइन् । उनले अहिलेसम्म २३ वटा ग्रायण्ड स्लाम जितिसकेकी छिन् । डब्लुडब्लुइले उनलाई मानार्थ कस्टमाइज्ड बेल्ट प्रदान गरेको थियो ।
सेरेनाको प्रेमी एलेक्सिस ओहानियनले रेडिटमा बेल्टको फोटो अपलोड गरेका थिए । सेरेनाले डब्लुडब्लुइ रेस्लिङ खेलका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर ल्याएकी छैनन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्