२३ जेठ २०८३, शनिबार

प्रहरीकै सेटिङमा बिना भन्सार कवाडीका सामान भारत निकासी

कात्तिक १६, २०७५
प्रहरीकै सेटिङमा बिना भन्सार कवाडीका सामान भारत निकासी
सन्दर्भ तस्वीर

झापा– भन्सार प्रक्रिया बिना प्रहरीकै सेटिङमा झापाको खुल्ला सीमा क्षेत्रबाट कवाडीका सामग्रीहरु धमाधम भारत निकासी भइरहेको पाइएको छ । झापाको मेचीनगरदेखि ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, पाठामारी, केचना, घैलाडुब्बा, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट दैनिक सयौको संख्यामा साइकलमा लोड गरी भन्सार छलेर कवाडीका सामग्री निकासी भएपनि झापाका प्रहरी प्रशासन प्रमुख बेखबर छन् । 

कवाडी संकलनका लागि भारतबाट आएर भारतीय नागरिकले दिनभरी झापाका विभिन्न क्षेत्रमा कवाडी संकलन गर्ने र समय अनुकुल मिलाएर प्रहरीकै सेटिङमा कवाडी सामग्री लैजाने गरेको फेला परेको छ । भद्रपुर भन्सार अगाडि÷पछाडीबाट दैनिक ४० देखि ५० साइकल कवाडीका सामग्री लोड गरिएका साइकल मेची पुलबाटै जान थालेका छन् । उता भारतीय एसएसबीले कवाडीका सामान लोड गरिएका साइकल जान नदिएपछि उनीहरुले मेची पुल पारी खेत डिलको चोर बाटोबाट कवाडी लैजाने गरेका छन् ।
 
यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार प्रहरीको मिलोमतोमा कवाडीका सामग्री भारत निकासी भइरहेको बिषय प्रहरीमा जानकारीमा आएको छैन । उनले त्यस्ता गतिविधि भइरहेको भए त्यसलाई तुरुन्त रोक्ने बताए । भारतीय कवाडीवालाहरुले  प्रहरीलाई २० देखि १०० रुपैयाँ सम्म लाइन बुझाएर कवाडी लैजाने गरेको  स्वीकार गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्