२६ जेठ २०८३, मंगलबार

‘चौका दाउ’गीत: ‘मेरो माया कतारमा’ भन्दै नाचिन वर्षा [भिडियोसहित]

कात्तिक १६, २०७५
‘चौका दाउ’गीत: ‘मेरो माया कतारमा’ भन्दै नाचिन वर्षा [भिडियोसहित]

काठमाडौं। चलचित्र चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ ।

श्रीपुरुष ढकालको शब्द रहेको गीतमा गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर रहेको छ । पुर्नेन्दू झाको निर्देशनमा तयार भएको चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ ।

सार्वजनिक गीतमा मोडल सोनिका केसी, नायिका वर्षा राउत र कलाकार अजश्र ढुंगानालाई देखाईएको छ । साथमा कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहलाई पनि भिडियोमा देखाइएको छ ।

चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको चलचित्रमा दिर्घ गुरुङको छायाँकन तथा मित्र डि.गुरुङको सम्पादन छ ।

कमेडी कथामा तयार भएको चलचित्र पौषको २७ गतेबाट प्रदर्शनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्