०३ असार २०८३, बुधबार

कर्णाली प्रदेश सभाको वैठक सूचना टाँस गरेर स्थगित

कात्तिक १६, २०७५
कर्णाली प्रदेश सभाको वैठक सूचना टाँस गरेर स्थगित

सुर्खेत-  कर्णाली प्रदेश सभाको आज शुक्रबार बस्ने भनिएको दोश्रो अधिवेशनको ४१ औं बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

संसद सचिवालयले सूचना टाँस गर्दै अर्को वैठक कात्तिक १८ गते दिउसो ३ बजेका लागि बोलाएको हो ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले १८ गते बस्ने संसद बैठकले दुइ विधेयक पारीत गर्ने छ भने सोही बैठकबाट दोश्रो अधिवेशनसमेत समाप्त हुने भएको छ ।

‘संसदको कात्तिक १८ गते बस्ने वैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधासम्वन्धि विधेयक २०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमीक तथा सुविधासम्वन्धि विधेयक पारीत हुने सम्भावना छ’ उनले भने, ‘सोही दिन हामीले प्रदेश सभाको दोश्रो अधिवेशनसमेत समाप्त गर्ने योजना बनाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्