
हेटौँडा- प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताए ।
पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गरे ।
यसअघि प्रदेश नम्बर तीनको बुधवार बसेको बैठकपछि मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्री स्थापितबीच विवाद भएको समाचारहरु सार्वजनिक भएको थियो ।
स्थापितले मुख्यमन्त्रीलाई दुव्र्यवहार गरेको भन्दै मुख्यमन्त्रीले उनलाई हटाउन नेकपाका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आएका समाचारहरु सार्वजनिक भएका थिए ।