०१ साउन २०८३, शुक्रबार

संसदको लेखा समिति झन कडाः सरकारले दिएको विवरणको अध्ययन गर्ने

कात्तिक १६, २०७५
संसदको लेखा समिति झन कडाः सरकारले दिएको विवरणको अध्ययन गर्ने

सुर्खेत- कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति कर्णाली प्रदेश सरकारविरुद्ध थप कडा देखिएको छ । दशैं पूर्व पन्ध्र दिन भित्र आर्थिक वर्ष २०७४–७५ को खर्च भएको बजेटको पुर्ण विवरण ल्याउन दिएको निर्देशन बमोजिम बुधबार बसेको बैठकमा सम्वन्धित मन्त्रालयले खर्चको विवरण बुझाएका थिए ।

तर सरकारको उक्त विवरण प्रति समितिका सदस्यहरुको चित्त नबुझेका कारण आज शुक्रबार बसेको समितिको वैठकले सरकारले दिएको विवरणबारे अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद करवीर शाही, सांसद गोपाल शर्मा र सांसद झोवा कामी रहेका छन् ।

उपसमिति स्रोतका अनुसार सरकारले पेश गरेको खर्च विवरणको पूर्ण रुपमा अध्ययन गरी १९ कात्तिकमा बस्ने वैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउने छ । उपसमितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै सरकारलाई थप निर्देशन दिइने समितिका सदस्य गुलावजंग शाहले जानकारी दिए ।

उनका अनुसार समितिले तत्काल गत आर्थिक वर्षको बजेट कुन योजनामा कहिले र कति गयो भन्ने खुलाएर पठाउन निर्देशन दिएको छ । सरकारले समितिले दिएको निर्देशन अनुसार सबै विवरण उपलब्ध नगराएको खण्डमा सम्वन्धित योजना स्थलमै समिति जाने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्