०५ असार २०८३, शुक्रबार

दीपिका पादुकोणको बिहेको पूजापाठ शुरू

कात्तिक १६, २०७५
दीपिका पादुकोणको बिहेको पूजापाठ शुरू

काठमाडौं — बलिउड अभिनेत्री दीपिका पादुकोणको रणवीर सिंहसँग लामो समयसम्म सम्बन्धपछि अब बिहे हुन लागेको छ । 

विवाह समारोह १४ र १५ नोभेम्बर सम्पन्न हुने भएको छ । दीपिकाको बेंगलुरुस्थित घरमा बिहेअघिको पूजापाठ शुरू भएको छ । 

दीपिका र रणवीरको बिहेमा जम्मा ३० जना पाहुना बोलाइएको छ । 

बिहेमा रंगलाई निकै ध्यान दिइएको बताइन्छ । परिवारका सदस्यका साथसाथै वेटरहरूले पनि ड्रेस कोड पालन गर्नुपर्ने हुन्छ । 

खाना पकाउने शेफहरूलाई निश्चित रेसिपी बिहेको भोजमा प्रयोग गर्न र त्यो रेसिपी अन्त कतै पनि शेयर नगर्न सम्झौता गरिएको छ । सबै खानेकुराहरू विशेष हुनेछन् । 

बिहे सिन्धी र तमिल हिन्दू रीतिरिवाज अनुसार हुनेछ । इटलीको भिया देल बाल्बिायानेलोमा बिहे हुने भएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्