काठमाडौं — भारतका प्रसिद्ध हास्यकलाकार कपिल शर्मा नयाँ टीभी शो लिएर आउँदैछन् । उनका प्रशंसकहरू लामो समयदेखि यो शोको प्रतीक्षा गरिरहेका छन् ।
उनीसँगै कृष्णा अभिषेक र भारती सिंह जस्ता हास्यकलाकार पनि आउने हल्ला चलेको छ । यो खबर साँचो हो भने लामो समयपछि यी तीन हास्यकलाकारहरूको पुनर्मिलन हुन लागेको हो ।
कमेडी सर्कसमा यी तीनैजना थिए तर पछि छुट्टिए । कपिल शर्माले आफ्नै शो शुरू गरे र सफल भए भने अन्य दुईका शोहरू त्यति सफल भएनन् ।
त्यसो त भारतीले यो खबर साँचो भएको र लामो समयपछि कृष्णा र कपिलसँग देखिन लागेको बताइन् । अनि कपिलको शोमा सुमोना चक्रवर्ती र कीकू शारदा पनि देखिनेछन् ।
यसैबीच कपिलले हालै आफ्नी प्रेमिका गिन्नीसँग बिहे गर्ने घोषणा पनि गरिसकेका छन् ।
द कपिल शर्मा शोको नयाँ सीजन टीभीमा आउनै लाग्दा कपिल शर्मा चुस्तदुरुस्त देखिन थालेका छन् । हराएको बेला उनी मोटाएका थिए भने अहिले फिट देखिन्छन् ।
एजेन्सी