२८ जेठ २०८३, बिहीबार

एनआईसी एसिया बैंकको नयाँ शाखा मोरङको लेटाङमा

कात्तिक १६, २०७५
एनआईसी एसिया बैंकको नयाँ शाखा मोरङको लेटाङमा

मोरङ –मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ लेटाङमा एनआईसी एसिया बैंकको नयाँ शाखा स्थापना भएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले शुक्रवार एक भव्य समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अथिति ढुङ्गानाले यस बैंकले दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बताए ।

एनआईसी एसिया बैंकले २६४ शाखा कार्यालय, २६४ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १६८ अर्ब तथा कर्जा १४१ अर्ब पुगेको छ ।

यस बैंकका करीब १३ लाख ५० हजार ग्राहक पुगेका छन् ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्दै आएको बैंकले ज नाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्