![कांग्रेसको चियापानमा जे देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Nepali_Congress_chiyapan_cover_MSVq8ItBEc.jpg)
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा आयोजना भएको चियापानमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए ।
चियापानमा नेकपाका अध्यक्ष प्रचण्ड, नेता झलनाथ खलान, मन्त्रीहरु, नेपालका लागि भारतीय राजदूतलगायतको उपस्थिति थियो ।
हेरौं फोटोहरु





































