१२ साउन २०८३, मंगलबार

मोरङमा कांग्रेसको चियापान– सुशासन र विकासको चर्चा

कात्तिक १६, २०७५
मोरङमा कांग्रेसको चियापान– सुशासन र विकासको चर्चा

विराटनगर –दशैं, तिहार तथा छठ पर्वका अवसरमा कांग्रेसले मोरङमा पनि शुक्रवार चियापान कार्यक्रम सम्पन्न गर्‍यो ।

कार्यक्रममा कांग्रेस नेता/कार्यकर्ताका अलावा विभिन्न पार्टीका नेता/कार्यकर्ता, प्रशासनिक क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणहरूको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको बताए । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रूपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताए ।

‘कटुता त्यागेर देश विकास नै प्राथमिकता बन्नुपर्छ । संघीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल शुरू भएको छ । यो भए संविधान पनि असफल बन्छ,’ उनले भने ।

कोइरालाले सुशसानका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले मोरङ राजनीतिक रूपमा अझ उर्जाशील भएपनि विगत केही समययता भने यो क्रममा कमी आएको जस्तो महसुस भएको सुनाए ।

नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्श पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिए । ‘प्रतिबन्धित कालमा निरंशुताविरुद्ध जनताका भावना मुखरित गर्नका लागि चियापान आरम्भ गरिएको थियो । त्यो संस्सकार अहिले पनि निरन्तर चल्नु सकारात्मक हो,’ उनले भने ।

ढकालले सँगै राजनीतिक आन्दोलन गरेका दल देश विकासका लागि पनि सँगै अग्रसर हुनुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गरिन् ।

नेकपाका गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए । रतुवामाई नगरपालिकाका मेयर रविन राईले सबै पर्वले आपसमा भाइचारा बढाएको चर्चा गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पर्वहरू उत्सवसमेत भएको बताए । ‘शुभकामना लिने र दिने प्रक्रियामा पनि असल संस्कार नै हो,’ उनले भने ।

कार्यक्रममा कांग्रेसका प्रदेश सांसद शिवनारायण गन्गाई र पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले कांग्रेसले विगतदेखिकै परम्परालाई निरन्तरता दिन चियापान आयोजना गरी विचारको आदान प्रदान गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्