३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री अाेली अस्पतालबाट सरकारी निवास फिर्ता

कात्तिक १६, २०७५
प्रधानमन्त्री अाेली अस्पतालबाट सरकारी निवास फिर्ता

काठमाडौँ– छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ ।  

सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो ।

 प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आउनुभएको र उहाँले लिनुभएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताउनुभयो ।

 प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना हुनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्