०१ असार २०८३, सोमबार

हँसिलो मुद्रामा बालुवाटार फर्किए प्रधानमन्त्री ओली (तस्बिरसहित)

कात्तिक १६, २०७५
हँसिलो मुद्रामा बालुवाटार फर्किए प्रधानमन्त्री ओली (तस्बिरसहित)

काठमाडौं–छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्किएका छन् । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि नेकपा अध्यक्ष समेत रहेका ओली प्रगत  कात्तिक १२ गते उक्त अस्पतालमा भर्ना भएका थिए । 

 प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएको र उनले लिएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए । 

 प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो । 

अस्पतालबाड डिस्चार्ज भएपछि निवास फर्किने क्रमको ओलीका तस्बिरः

salt training

कमेन्ट गर्नुहोस्