०६ असार २०८३, शनिबार

विदेशी नागरिकता लिइसकेपछि पनि पैतृक सम्पत्तिमा पूर्ण हक

कात्तिक १७, २०७५
विदेशी नागरिकता लिइसकेपछि पनि पैतृक सम्पत्तिमा पूर्ण हक

काठमाडौं– विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीको समेत नेपालमा पैतृक सम्पत्तिमाथि हक लाग्ने व्यवस्था मुलुकी देवानी (संहिता) २०७४ ले गरेको छ । संहिताको दफा ४३३ मा गैरआवासीय नेपाली नागरिकता पाएकाले अंश या अपुताली दुवै पाउने व्यवस्था छ । उसले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने संहिताले स्पष्ट पारेको छ ।


‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीसमेत नेपालमा पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पैतृक सम्पत्ति वा अंशबाट विमुख हुँदैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ,’ कानुन मन्त्रालयका एक अधिकारीले भने ।

संविधानसभाबाट जारी नयाँ संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ ।  कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

कमेन्ट गर्नुहोस्