०६ असार २०८३, शनिबार

वडाध्यक्षमाथि कुटपिट, चार जना पक्राउ

कात्तिक १७, २०७५
वडाध्यक्षमाथि कुटपिट, चार जना पक्राउ

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । 

कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको र सो घटनाबारे अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्