×

NMB BANK
NIC ASIA

अग्रलेख

निर्मला प्रकरण : जन–असन्तोषले अनिष्ट निम्त्याउने जोखिम

कात्तिक १७, २०७५

NTC
Premier Steels

सुदूर पश्चिम कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एकशय दिन भैसकेको छ । तर अपराधी र हत्यारा पत्ता लागेको छैन । सरकारले छानबीनको क्रम जारी राखेको दाबी त गर्छ, तर गृहमन्त्री र निज मातहतका प्रशासन र प्रहरी अपराध कार्यका प्रारम्भिक सबुद प्रमाण नष्ट भैसकेछन् भनेर एकप्रकारले जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् ।

Muktinath Bank

अनुसन्धान त्रुटिपूर्ण भएको सम्बन्धमा केही प्रहरी अधिकृत बर्खास्त गरिए तापनि दोषी पत्ता नलागुञ्जेल जनस्तरको आक्रोश शान्त हुने अवस्था छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्मलाका बा–आमामाथि परेको बज्रपातको अनुभूति गरेर तत्काल अनुसन्धान टुङ्ग्याउनु पर्नेमा छानबीन १२ वर्षसम्म लम्बिन सक्ने तर्कहरु जिम्मेवार तहमा बसेकाहरुबाट आएको हुँदा दोषी पक्राउ पर्ने र सजायको भागी हुने सम्भावना क्षीण भएर गएको छ । यसबीच देशका अन्य भागहरुबाट पनि यौनजन्य अपराधका थप घटनाहरु प्रेसमा आइरहेका छन् । यस्तोमा महिला समुदायसमेत सिङ्गो समाज आक्रोशित हुनु सर्वथा स्वभाविक छ । 


Advertisment
Nabil box
Kumari

शान्ति सुरक्षाको अवस्था दिनप्रतिदिन भयावह हुँदै जानुले अहिलेको राज्य व्यवस्था र तिनका संयन्त्रहरु दुर्बल भएको देखाउँछ, भरपर्न नसकिने चरणहरु तर्फ धकेलिएको अनुभव हुन्छ । शासक–प्रशासकहरुको लागि यो खुला हाँक हो । कदाचित् यस्तो चुनौतीको सामना गर्ने क्षमता वर्तमान सरकारले बेलैमा प्रदर्शन गर्न सकेन भने उद्वेलित जनआक्रोश वैकल्पिक बाटो पहिल्याउने शैलीबाट अघि बढेर आन्दोलनको रुप लिने जोखिम छ । 

Vianet communication

अर्को शब्दमा, परिस्थिति राज्य–व्यवस्थाको काबुबाहिर पुग्न सक्छ । जसरी आगोको झिल्कोलाई झिल्को छँदै निभाउने काम गरिएन भने भीषण आगलागीको खतरा दृष्टिगोचर हुन्छ त्यसैगरी बलात्कार, हत्याजस्ता फौजरी अपराध नियन्त्रण गर्ने सामयिक प्रयत्न भएन भने जन–असन्तोषको लहर देशव्यापी हुने जोखिम बढ्न जान्छ । अहिलेको स्थिति त्यही हो । तसर्थ समयको सङ्केत ठम्याएर राज्यशक्ति सञ्चालकहरु बेलैमा सजग र सकृय होउन्, लोकान्तरको सुझाउ यही हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x