०७ असार २०८३, आइतबार

बन्दीपुरमा भएको प्याराग्लाइडिङ दुर्घटनामा अमेरिकन नागरिक घाइते

कात्तिक २०, २०७४
बन्दीपुरमा भएको प्याराग्लाइडिङ दुर्घटनामा अमेरिकन नागरिक घाइते


दमौली, १७ फागुन - तनहुँको बन्दीपुर नगरपालिका–३ खहरे खोलानजिकै आज भएको प्याराग्लाइडिङ दुर्घटनामा एक अमेरिकी नागरिक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ६६ वर्षीय हियुग डोनाल्ड मेसल¥याथ रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षक रामबहादुर केसीले बताए ।

घाइते अमेरिकी ती नागरिकको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका अन्य भागमा चोट लागेको छ । बन्दीपुरको गुरुङचे डाँडाबाट प्याराग्लाइडिङ गरेका ती नागरिक भुमर्से नजिकै सिमलटारमा अवतरण गर्ने क्रममा पाँच सय मिटर पर रहेको खहरे खोलामा दुर्घटनामा परेका थिए ।
घाइते अमेरिकी ती नागरिकलाई बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी अस्पताल पठाइएको प्रनानी केसीले बताए ।

कमेन्ट गर्नुहोस्