२३ जेठ २०८३, शनिबार

३३ किलो सुन तस्करीका नाइके पक्राउ

कात्तिक २०, २०७४
३३ किलो सुन तस्करीका नाइके पक्राउ
goldकाठमाडौं, १८ फागुन- अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरू ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए ।
पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुनपसलमा बेच्दै आएका थिए । उनीहरूमाथिको अनुसन्धानबाट सुनपसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्