२८ जेठ २०८३, बिहीबार

तिहारको शुरुवात मै कर्णालीको राजधानीमा अन्धकार !

कात्तिक १९, २०७५
तिहारको शुरुवात मै कर्णालीको राजधानीमा अन्धकार !

सुर्खेत-  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बत्ती विहीन भएको छ । विद्युत प्राधिकरणले पाँच दिन अघि कोहलपुर देखि वीरेन्द्रनगरसम्म रहेको प्रसारण लाईन नजिक रहेका रुखहरुको हाँगा काटछाँट गर्ने भन्दै अवरुद्ध भएको विजुली आज पाँच दिन वित्दासमेत नआएपछि तिहारको मुखमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

३३ केभिए प्रसारण लाईन रहेको कर्णालीको राजधानीमा विजुली नहुँदा जनतालाई मार परेको स्थानीय व्यवसायी दिपक बुढा बताउँछन् ।

‘विजुली नहुँदा जनतालाई जेनेरेटरबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता आएको छ’ उनले भने, ‘त्यसले जनतालाई महंगीमा पार्नुका साथै व्यवसायीलाई समेत झन्झट भएको छ ।’

आज साँझसम्म बत्ति नआएको खण्डमा केही सञ्चार माध्यम पनि बन्द हुने अवस्थामा पुग्ने भएका छन् । सुर्खेत, दैलेखमा बालिने विजुली कोहलपुरबाट आएको राष्ट्रिय प्रसारण लाईन नै हो ।

अलिकति हावा चलेको खण्डमा वन्द हुने प्रचलन पहिलेदेखीको हो भन्छन् स्थानीय सीता शाही । ‘हावा हुरी चल्यो कि बन्द हुन्छ कर्णालीको विद्युत’ उनले भनिन्, ‘पानी परेपनि हप्तौं कर्णालीको विजुली गायब हुने गर्छ ।’ उनले प्रदेश सरकार अब आँगनमै आएको बेला सरकारले तत्काल विद्युत अवरुद्ध हुने समस्याबाट जनतालाई मुक्त बनाउने पहल गर्नुपर्नेमा जोड दिईन । ‘

अब सरकार आँगनमै छ । सरकारले यहाँको विकासका लागि विद्युत प्रसारण लाईनलाई राम्रो र भरपर्दो बनाउन जरुरी छ ।’ उनले भनिन, ‘सरकारले त्यस्तो गर्न सकेको खण्डमा कर्णालीमा ठूला उद्योगहरु स्थापना गर्न सहज हुने र त्यसले कर्णालीको समृद्धिमा टेवा पुग्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्